काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १४०० रुपैयाँले बढेको हो ।
सोसँगै आज सुनको मूल्य १ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँका दरले कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ । अघिल्लो दिन चाँदी २ हजार ३०० रुपैयाँ प्रतितोलाको दरमा किनबेच भएको चाँदीको भाउ आज २ हजार ३१० रुपैयाँ तोकिएको हो ।































