काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य तोलामा ७ हजार ९ सय रूपैयाँले घटेको छ ।
सोमबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७० हजार रूपैयाँ कायम भएकोमा आज ७ हजार ९ सय रूपैयाँले घटेर २ लाख ६२ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८९५ रूपैयाँ कायम भएकोमा आज ३०५ रूपैयाँले घटेर ४ हजार ५९० रूपैयाँ कायम भएको छ ।






































