काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार घटेको सुनको भाउ पुनः उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुन प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको छ। यससँगै आज बजारमा सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
शुक्रबार भने सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदी प्रतितोला २४५ रुपैयाँले बढ्दै हाल ५ हजार ९८५ रुपैयाँ पुगेको छ।






































