काठमाडौं। मंगलबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । आज एकैदिन छापावाल सुन प्रतितोला ६ हजार ७ सय रुपैयाँले महँगिएको हो ।
सोमबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेर आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ ।
सोमबार प्रतितोला ४ हजार ७०० रुपैयाँ रहेको चाँदी आज १४५ रुपैयाँले बढ्दै ४ हजार ८४५ रुपैयाँ कायम भएको छ ।






































