National life

८ महिनामा ५२% राजस्व संकलन, लक्ष्य भेट्न नेपालगन्ज भन्सार दबाबमा

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०८ चैत २०८२, आइतबार
884Shares
८ महिनामा ५२% राजस्व संकलन, लक्ष्य भेट्न नेपालगन्ज भन्सार दबाबमा
ncell

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा लक्ष्यको झण्डै ५२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार वार्षिक लक्ष्य २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएकामा फागुन मसान्तसम्म १२ अर्ब ७५ करोड ४३ लाख ८० हजार रुपैयाँ (५१.९७ प्रतिशत) मात्र असुली भएको हो।

उक्त तथ्यांकले लक्ष्य भेट्न बाँकी चार महिनामा करिब ४८ प्रतिशत राजस्व उठाउनुपर्ने चुनौती देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मासिक लक्ष्यअनुसार हालसम्म कुनै पनि महिनामा पूर्ण रूपमा लक्ष्य हासिल हुन सकेको छैन। चालु आवमा साउनदेखि माघसम्म क्रमशः ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशत राजस्व संकलन भएको छ।

गत आव २०८१/८२ मा उक्त भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत मात्र राजस्व उठाएको थियो भने २०८०/८१ मा यो दर ६३.३५ प्रतिशत थियो। नेपाल–भारत सीमाको जमुनाह नाकामा एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात/निर्यात बढ्दै राजस्व वृद्धि हुने अपेक्षा गरिएको भए पनि पछिल्ला वर्षहरूमा लक्ष्यअनुसार संकलन हुन नसकेको प्रमुख पौडेलले बताए।

मासिक विवरणअनुसार साउनमा ७४.१४ प्रतिशत, भदौमा ६९.७७ प्रतिशत, असोजमा ८७.८३ प्रतिशत, कात्तिकमा ७२.३० प्रतिशत, मंसिरमा ८३.४५ प्रतिशत, पुसमा करिब ८३ प्रतिशत, माघमा ८८.२४ प्रतिशत र फागुनमा ८८.३२ प्रतिशत राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने साउनदेखि फागुनसम्मको अवधिमा मासिक रूपमा ६६ देखि ७६ प्रतिशतको बीचमा मात्र राजस्व उठेको तथ्यांकले देखाउँछ।

यो समाचार शेयर गर्नुहोस्
884SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?