काठमाडौँ । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा सवारीसाधन आवागमन रोकिएको छ ।
विस्तारको क्रममा रहेको नारायणघाट-बुटवल सडक खण्डको दाउन्नेमा रातिदेखि परेको वर्षाले सडक हिलाम्य हुँदा सवारी आवागमन ठप्प भएको हो।
ठूला र मालवाहक सवारी सडकमा चिप्लिँदा सवारी आवागमन प्रभावित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताए ।
उकालोमा उक्लन नसकेका मालवाहक सवारीसाधनका कारण अन्य सवारीसाधन पनि जाममा पर्नुपरेको छ ।
अहिले ठूला सवारीलाई दुम्किबास र बर्दघाटमा रोकिएको छ ।
































