काठमाडौँ। जेष्ठ ९ गतेका दिन अमेरिकाले भिसा दिन अस्वीकार गरेको अमेरिकाले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रो पटक आज भिसा दिन अस्वीकार गरेको छ ।
(आज) बिहीबार साढे ४ बजे अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएका लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो । यसअघि ९ जेठमा पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीपले टी-२० विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।
सन्दीपलाई भिसा नदिएको भन्दै उनका समर्थकले बुधवार काठमाडौँको माइतीघरमा प्रदर्शन पनि गरेका थिए । टी(२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुँदैछ, जसका लागि कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेको छ ।
२ जेठमा उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपको निलम्बन फुकुवा गर्दै । उनलाई विश्वकप खेल्न अमेरिका पठाउने निर्णय गरेको थियो।
































