National life

नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
1.1kShares
नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुने
ncell

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिने भएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।

वि.सं २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो ।सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मुख्य टनेलको सुरूङको काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको छ । सुरुङ मार्गको लम्बाइ दुई दशमलव ६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टनेल र चार मिटर चौडाइको रेस्क्यु टनेल गरी दुई सुरुङ निर्माण भइरहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?