National life

पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणाको तयारी, दुई संस्थामाथि राष्ट्रबैंकको निगरानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ माघ २०८१, बिहिबार
594Shares
पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणाको तयारी, दुई संस्थामाथि राष्ट्रबैंकको निगरानी
ncell

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिँदै गएको समस्या थप विकराल बन्दै गइरहेको छ । नेपाल राष्ट्रबैंकले पोखरा फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्ने अन्तिम तयारी थालेको छ।

राष्ट्र बैंक सञ्चालक समितिले पोखरा फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(६) बमोजिम १५ दिनभित्र सफाइको मौका दिने निर्णय गरेको छ।

उक्त फाइनान्सको अधिकांश वित्तीय सूचकहरू खराब रहेको भन्दै गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिमा ३५ दिने सूचना पठाउने प्रस्ताव प्रस्तुत गरेका थिए।

Royal Enfield
nic asia capital
तर, गभर्नर अधिकारीको प्रस्तावमा अन्य सञ्चालक समितिका सदस्यहरू सहमत नभएपछि १५ दिनको मात्रै सफाइको मौका दिने निर्णय भएको राष्ट्र बैंकका एक अधिकारीले जनाए ।

३५ दिनको प्रक्रिया पूरा हुँदा गभर्नर अधिकारी अवकाशका लागि बिदा गइसक्ने भएकाले १५ दिनको सफाइको मौका दिएर पोखरा फाइनान्सलाई टेक ओभर गर्नुपर्ने सञ्चालक समितिका सदस्यहरूले अडान राखेपछि गभर्नर अधिकारी १५ दिने सूचना निकाल्न बाध्य भएको उनले बताए।

पोखरा फाइनान्सले पत्र पठाउनासाथ राष्ट्र बैंकले यसलाई समस्याग्रस्त घोषणा गर्ने तयारी भएको उल्लेख छ । फाइनान्सको वित्तीय स्थिति थप खराब हुँदै गएको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। बैंकले असोज महिनाको तथ्यांक परिमार्जित गर्दै पोखरा फाइनान्सले दाबी गरेभन्दा निकै बढी खराब कर्जा देखाएको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सले १४.४४ प्रतिशत खराब कर्जा देखाएकोमा राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा ४१.०७ प्रतिशत पुगेको देखाइएको छ । त्यस्तै, फाइनान्सको पुँजीकोष ८.५७ प्रतिशतले ऋणात्मक भइसकेको राष्ट्र बैंकले तथ्यांकमा उल्लेख गरेको छ ।

साथै, पोखरा फाइनान्ससँगै जानकी फाइनान्स र नारायणी डेभलपमेन्ट बैंकको स्थिति पनि नाजुक अवस्थामा देखिएको छ। यी तिन वटै संस्थामाथि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही थालिसकेको छ।

यो समाचार शेयर गर्नुहोस्
594SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?