National life

राष्ट्र बैंकको कार्यवाहीमा पोखरा फाइनान्स, पूर्वसीइओ गुरुङलाई ५ लाख जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
526Shares
राष्ट्र बैंकको कार्यवाहीमा पोखरा फाइनान्स, पूर्वसीइओ गुरुङलाई ५ लाख जरिवाना
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकको निगरानीमा परेको पोखरा फाइनान्स र र कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीमा परेका छन् ।  रविचन्द्र गुरुङमाथि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (ग) बमोजिम कारबाही गरेको छ।

राष्ट्र बैंकले गुरुङलाई पदबाट हटाएसँगै पोखरा फाइनान्समाथि बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ बमोजिमको प्रक्रिया सुरु गरेको छ। गुरुङको बर्खास्तपछि पोखरा फाइनान्सको सञ्चालक समितिले प्रकाश गुरुङलाई नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

Royal Enfield
nic asia capital

बैंकको खराब कर्जा अनुपात ३३.४४ प्रतिशत पुग्नुका साथै पुँजी कोष ऋणात्मक अवस्थामा पुगेपछि गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना तिराइएको र सीईओ पदबाट बर्खास्त गरिएको  हो ।

राष्ट्र बैंकका अनुसार फाइनान्सको प्राथमिक पुँजी कोष ५० देखि ७० प्रतिशतले घटिसकेको छ। यही कारण, आगामी ६ महिनाभित्र संस्थाले तोकिएको पुँजी कोष अनुपात पुरा गर्न नसके राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम थप कारबाही अघि बढाइने छ।

राष्ट्र बैंकले हाल पोखरा फाइनान्सलाई नयाँ निक्षेप तथा कर्जा खाता खोल्न रोक लगाएको छ। साथै, कर्जा प्रवाह तथा निक्षेप संकलनमा समेत प्रतिबन्ध लगाइएको छ। कर्मचारीहरूको तलब, भत्ता तथा अन्य सेवा सुविधामा वृद्धि गर्न नपाउने व्यवस्था गरिएको छ।

फाइनान्सको पुँजी कोष ८ प्रतिशतभन्दा बढीले ऋणात्मक भइसकेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाले ६३ करोड ७९ लाख रुपैयाँको खुद नोक्सानी व्यहोरेको छ। साथै, दोस्रो त्रैमासमा पुँजी कोष ३.१७ प्रतिशतले ऋणात्मक देखिएको छ।

यो समाचार शेयर गर्नुहोस्
526SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?