National life

प्रधानन्यायाधीश राउतको बिदाइ, मल्ललाई कायममुकायम जिम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१७ चैत २०८२, मङ्गलबार
1.1kShares
प्रधानन्यायाधीश राउतको बिदाइ, मल्ललाई कायममुकायम जिम्मा
ncell

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण सेवाबाट बिदा भएका छन्। २०८१ असोज २० गते प्रधानन्यायाधीशमा नियुक्त भएका राउत ६५ वर्षे अनिवार्य उमेरहद पूरा गरेपछि मंगलबार औपचारिक रूपमा अवकाशमा गएका हुन्।

मंगलबार आयोजित एक कार्यक्रमबीच सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले राउतलाई बिदाइ गरेकी थिइन्। बिदाइ समारोहमा न्यायपालिकामा उनले पुर्‍याएको योगदानको प्रशंसा गर्दै सहकर्मीहरूले उनको कार्यकाल स्मरण गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

राउतको अवकाशसँगै बुधबारदेखि वरिष्ठतम न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने छिन्। यससँगै सर्वोच्च अदालतको नेतृत्व अस्थायी रूपमा मल्लको हातमा पुगेको छ।

यता, स्थायी प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अगाडि बढाइएको छ। न्याय परिषद्ले मल्लसहित सर्वोच्च अदालतका ६ जना वरिष्ठतम न्यायाधीशहरूको नाम संवैधानिक परिषद्मा सिफारिस गरिसकेको छ। अब संवैधानिक परिषद्को निर्णयपछि नयाँ प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?