National life
cg eloctronics

रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँट, ४६ जनाले हात पारे ५१ कित्ता सेयर

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
669Shares
रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँट, ४६ जनाले हात पारे ५१ कित्ता सेयर
muktinatha bikash bank

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आइपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ३५ हजार १०२ जनाले १९ लाख ४४ हजार ३३० कित्ता शेयरका लागि आवेदन दिएका थिए। यी सबै आवेदनहरु स्वीकृत भएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार २ हजार ३११ जना आवेदकले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ४६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा थप एक कित्ताका दरले बाँडफाँट गरिएको छ। यस अनुसार २ हजार ३११ जनामध्ये ४६ जनाले ५१ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?