National life

म्यानमारमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रसिद्ध अवा पुल भत्किएको दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
742Shares
म्यानमारमा ७.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रसिद्ध अवा पुल भत्किएको दाबी
ncell

काठमाडौँ। म्यानमार (आज) शुक्रवार शक्तिशाली भूकम्प गएको छ। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो।

उक्त भूकम्पको भारतदेखि थाइल्याण्डसम्म धक्का महसुस गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यूएयसजीएसले सागाइङ भन्दा १६ किलोमिटर उत्तर पश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको दाबी गरेको छ ।

मन्डलेमा रहेको इरावती नदीमा बनेको प्रसिद्ध अवा पुल भत्किएको दाबी गरिएको छ। भूकम्पमा धेरै भवनहरू पनि क्षतिग्रस्त भएका छन् ।

चीनमा पनि भूकम्पको धक्का महसुस भएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ म्याग्निच्युड रहेको बताएको छ ।

भारतीय मिडियाहरूले दिल्ली एनसीआरमा समेत भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । भूकम्पका कारण ठूला भवनहरू ध्वस्त भएको र मान्छे अस्तव्यस्त भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
742SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?