काठमाडौं। भारतको गुजरातमा पर्ने पोरबन्दर एयरपोर्टमा हेलिकप्टर दुर्घटना भएको छ। कोष्ट गार्डको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो।
उक्त दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। भारतीय तट रक्षक बलको हेलिकोप्टर एएलएच (एडभान्स्ड लाइट हेलिकप्टर) दुर्घटना भएको हो।
हेलिकोप्टर ध्रुव रुटका लागि उडान भर्ने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
दुर्घटनामा चालक दलका सदस्यसहित तीन जनाको मृत्यु भएको हो। चालक दलका सदस्यलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो। अवतरणका क्रममा हेलिकप्टरमा आगो लागेको थियो। हेलिकप्टरमा दुई पाइलट र तीन यात्रु सवार थिए।
हेलिकोप्टर आइतबार दिउँसो करिब १२ बजे उडान भर्ने तयारीमा थियो। हेलिकोप्टर नियमित उडानमा रहेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।


































