National life

चीनमा आजको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ पुस २०८१, मङ्गलबार
845Shares
चीनमा आजको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ५३ पुग्यो
ncell

काठमाडौँ । आज बिहान चीनको तिब्बत प्रान्त (दिङ्गे काउन्टी) लाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६२ जना घाइते भएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

आज बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पका कारण दिङ्गे काउन्टीको चाङ्गसुओ क्षेत्रका धेरै घरहरू भत्किएको र भग्नावशेषमा उद्धारको काम भइरहेको समाचार बाहिरिएको छ । यता, नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भने ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड सार्वजनिक गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिण पूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो। भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत जिल्लामा पनि महसुस गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
845SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?