काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा अरनिको पार्टी प्यालेस, बनेपा, काभ्रेपलाञ्चोकमा हुँदैछ ।
सभा बिहान १०ः३० बजे सुरू हुँदैछ ।
सभाले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लाभांश प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले यस वर्ष हाल कायम चुक्तापूँजीको आधारमा १३ दशमलव ५६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले यस वर्ष ७ करोड ५ लाख २६ हजार बराबरको लाभांश वितरण गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ २२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।





































