National life

नेरुडे मिर्मिरेको एजीएम विवादमा, कानुनविपरीत सभा हुन सक्ने आशंका

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०६ साउन २०८३, बुधबार
1.2kShares
नेरुडे मिर्मिरेको एजीएम विवादमा, कानुनविपरीत सभा हुन सक्ने आशंका
ncell

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित वार्षिक साधारण सभा पुनः सञ्चालन गर्ने तयारीमाथि विवाद चर्किएको छ। एक सेयरधनीले सभा प्रक्रिया कानुनविपरीत हुन सक्ने भन्दै नियामक निकायहरूमा उजुरी दिएका छन्।

सेयरधनी संजयकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सम्बन्धित निकायलाई निवेदन दिँदै कम्पनी ऐन र बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनविपरीत प्रक्रिया अपनाउन लागिएको आशंका व्यक्त गरेका छन्। यसअघि असार ३२ गतेका लागि बोलाइएको सभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो र अब साउन १० गतेका लागि पुनः बोलाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तर पहिलो सभामा दर्ता भएका प्रोक्सीलाई नै दोस्रो सभामा पनि मान्यता दिने व्यवस्थाप्रति उनले आपत्ति जनाएका छन्। उनका अनुसार प्रोक्सीको वैधता पुनः परीक्षण नगरी प्रयोग गर्नु प्राकृतिक न्याय र कानुनी व्यवस्थाविपरीत हुन सक्छ।

उजुरीमा केही प्रोक्सी कागजात अपूर्ण, फोटोकपी वा डिजिटल माध्यमबाट प्राप्त भएको र हस्ताक्षरसमेत शंकास्पद रहेको दाबी गरिएको छ। यस्ता प्रोक्सीलाई परीक्षणबिना स्वीकार गरिए निष्पक्षता र सुशासनमाथि प्रश्न उठ्ने उल्लेख गरिएको छ।

त्यसैगरी, सबै सेयरधनीलाई आवश्यक वित्तीय विवरण उपलब्ध नगरिएको भन्दै उनले आपत्ति जनाएका छन्। श्रेष्ठले वैध गणपूरक संख्या पुगेपछि मात्र सभा सञ्चालन गर्न, प्रोक्सीको सक्कल परीक्षण गर्न र शंकास्पद कागजात बदर गर्न माग गरेका छन्।

अनियमितता पुष्टि भए सम्बन्धित पदाधिकारीमाथि कारबाही गर्न र सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउन पनि उनले नियामक निकायसँग आग्रह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?