National life

उपत्यकामा आजको तरकारी तथा फलफूलको खुद्रा मूल्य सार्वजनिक : कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ भदौ २०८२, शुक्रबार
1KShares
उपत्यकामा आजको तरकारी तथा फलफूलको खुद्रा मूल्य सार्वजनिक : कुनको कति ?
ncell

काठमाडौं – काठमाडौं उपत्यकाका तरकारी तथा फलफूलको खुद्रा मूल्यसूची सार्वजनिक भएको छ। उपत्यकाका विभिन्न बजारमा आज बिहान स्थलगत अनुगमनपछि कृषि उपजका न्यूनतम, अधिकतम तथा औसत मूल्य निर्धारण गरिएको हो।

तरकारीतर्फ गोलभेडा ठूलो (नेपाली) प्रति किलो रू ६०–७० मा कारोबार भइरहेको छ भने भारतीय ठूलो गोलभेडा को मूल्य रू ७०–८० बीचमा कायम छ। आलुमा भने उतार–चढाव देखिएको छ, जहाँ भारतीय रातो आलु सस्तोमा रू २८–३० मा पाइन्छ भने लोकल मुडे आलु को मूल्य रू ४२–४५ सम्म पुगेको छ।

प्याज (भारतीय) को खुद्रा मूल्य रू ३५–३८ रहेको छ भने गाजर (लोकल) रू १००–१२० र गाजर (तराई) रू ९०–१०० मा बिक्री भइरहेको छ।

Royal Enfield
nic asia capital
बन्दा (लोकल) रू ४५–५५ र काउली रू ७०–८० मा कारोबार भइरहेको देखिन्छ।

हरियो तरकारीतर्फ रायो र पालूगो साग प्रति किलो रू १३०–१४० पुगेको छ भने तोरीको साग रू १००–१२० मा कारोबार भइरहेको छ। ब्रोकाउली र रातो बन्दा दुबैको मूल्य रू १६०–२०० बीचमा छ।

फलफूलमा स्याउ (झोले) प्रति किलो रू २००–२५० र फूजी स्याउ रू २५०–३०० सम्म पुगेको छ। अनार रू ३२०–३५०, जुनार रू २२०–२५०, नासपाती (चाइनिज) रू २००–२२०, र किवि रू ३५०–४५० मा बिक्री भइरहेको छ।

मसला र अन्य उपजतर्फ लसुन सुकेको चाइनिज रू २००–२२०, नेपाली लसुन रू १४०–१६०, र अदुवा रू ९०–१२० मा उपलब्ध छन्। हरियो खुर्सानी (अकबरे) को मूल्य उच्च दरमा रू १८०–२८० मा कायम छ भने सुक्खा खुर्सानी रू ३५०–४०० सम्म पुगेको छ।

माछातर्फ ताजा रहु माछा प्रति किलो रू ३३०–३५०, बचुवा माछा रू २६०–२८०, र छडी माछा रू २३०–२५० मा बिक्री भइरहेको छ। त्यस्तै सुक्खा माछा को मूल्य उच्च दरमा रू ८००–१००० पुगेको छ।














































































































































































































































































































































































































































































































































































































































यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?