National life

कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब बढी अनुदान प्रवाह, कुन क्षेत्रमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ पुस २०८१, आइतबार
599Shares
कृषि मन्त्रालयबाट ५ वर्षमा १ खर्ब ७ अर्ब बढी अनुदान प्रवाह, कुन क्षेत्रमा कति ?
ncell

काठमाडौं। कृषकहरूलाई कृषि तथा पशुपन्छी मन्त्रालयले पछिल्लो ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड बढी अनुदान प्रवाह गरेको छ ।

आइतबार मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख भए अनुसार ५ वर्षमा अनुदानमा मात्रै १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ रकम प्रवाह गरेको हो। जसबाट करिब १ करोड ९६ लाख कृषकहरू लाभान्वित भएको उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ देखि आर्थिक बर्ष २०८०/८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उल्लेखित रकम अनुदानमा प्रवाह भएको मन्त्रालयले जनाएको छ ।

Royal Enfield
nic asia capital

मन्त्रालयबाट सञ्चालित स्वदेशी तथा विकास साझेदारहरूको सहकार्यमा सञ्चालित परियोजना लगायत (उखु कृषकलाई प्रोत्साहन अनुदान, कृषि बीमा, पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममा लाग्ने रकम मार्फत कृषि सहकारी, कृषि समूह तथा कृषि फर्मलाई वितरण गरिएको अनुदान रकम) २० अरब ३० करोड ३० लाख १४ हजार र अप्रत्यक्षतर्फ (अनुदानित रासायनिक मल) ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।

५ वर्षमा प्रत्यक्षतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ अनुदान प्रवाह भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १ लाख ४१ हजार ६ सय ७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको मन्त्रालयले उल्लेख गरेको छ ।

रानी जमरा गुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइमा २१ हजार ४ सय ५० कृषि सहकारी, कृषि समूह, कृषि फर्महरू मार्फत कुल १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ प्रवाह भएको छ ।

त्यस्तै, कृषि क्षेत्र विकास कार्यक्रममा २७ हजार ६ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल ८० करोड १९ लाख ६१ करोड रुपैयाँ रकम प्रवाह भएको छ । नेपाल लाइभस्टक इनोभेसन आयोजनामा ११ हजार १ सय ५० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ९२ करोड ७५ लाख १३ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयले जनाएको छ ।

यसैगरि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनामा ४६ हजार २ सय २६ कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरू मार्फत कुल १ अर्ब ५ करोड ३७ लाख ७९ हजार रुपैयाँ प्रवाह भएको छ ।

रिड परियोजना अन्तर्गत स्टार्टअप ग्रान्टका कार्यक्रमहरू छन् । जसमा ३६६ कृषकलाई १ करोड ६४ लाख ४८ हजार रुपैयाँ अनुदान रकम प्रवाह छ । उखु कृषक प्रोत्साहन अनुदानमा ४ अर्ब ७ करोड २४ लाख २० हजार रुपैयाँ अनुदान रकम प्रवाह छ । कृषि बीमा प्रिमियम अनुदानमा ५० करोड ४८ लाख ८२ हजार रुपैयाँ अन्दान वितरण भएको छ भने पशुपन्छी तथा मत्स्य बिमाको प्रिमियम अनुदानमा ५ अर्ब १३ करोड ८० लाख ६६ हजार रुपैयाँ प्रवाह भएको मन्त्रालयको जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
599SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?