National life

चैत्र २८ देखि सञ्चालन हुने 'दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१' को तयारी पुरा  

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ चैत २०८१, मङ्गलबार
619Shares
चैत्र २८ देखि सञ्चालन हुने 'दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१' को तयारी पुरा  
ncell

काठमांडौको भृकुटीमण्डपमा चैत्र २८ देखि ३१ गतेसम्म हुने दोस्रो नेशनल  हर्टिकल्चर एक्स्पो २०८१ हुने भएको छ । उक्त एक्सपोको सम्पूर्ण तयारी पुरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले जनाएको छ ।

मंगलबार पत्रकार  सम्मेलन गर्दै समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रूपमा यस वर्ष देखि पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको वृहत् प्रदर्शनी गरिने मेला संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले जानकारी दिए ।

एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने  भएको छ। साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, विउ विजन, गमला, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल रहने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस पटक उपत्यका बाहिरका नर्सरी ब्यवसायीहरुको समेत सहभागिता र स्टल रहने हुनाले देशैभरका उत्पादनहरूको बारेमा जानकारी लिन सजिलो हुने नर्सरी ब्यवसायीसंघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए । अध्यक्ष तिमिल्सिनाका अनुसार एक्स्पोमा कम्तीमा ५१ हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड २५ लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा संघको रहेको छ ।

मेलामा ७४ वटा व्यवसायीक स्टल, ३ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिस्पर्धाको ५ वटा स्टल सहित जम्मा ९ वटा स्टल रहने छ । मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र विद्यार्थीहरू र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० रहेको छ ।

नर्सरी व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिने पनि पत्रकार सम्मेललनमा जानकारी गराइयो । प्रतिस्पर्धाको मुल्याकंन गर्न कृषि वागवानी विज्ञ, वनस्पति विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति गठन गरी ‘‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान” र ‘‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान” द्वारा १ जना व्यवसायीलाई सम्मान गरिने नर्सरी व्यवसायी संघले जनाएको छ ।

दोस्रो नेशनल हर्टिकल्चर एक्स्पो–२०८१ को सह–आयोजक संस्थाहरू पुष्प विकास केन्द्र, वनस्पति विभाग, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, पुलचोक, कृषि तथा पशुपक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेको छ । सहयोगी संस्था एजीए एग्रो कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, सलोम एग्रीकल्चर, ग्रिस्मा नर्सरी र सृजना एग्रीकल्चर प्रा लि, ए.बि.टि मोटर्स साथै मेला स्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रा.लि. र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेवल फार्म रहेको छ।

नर्सरी व्यवसायको विकास र विस्तार, स्वच्छ वातावरण सहित आय र रोजगार भन्ने नारा लिएर नर्सरी व्यवसायी संघ नेपालले ३ वटा एक्स्पो भव्यताका साथ सम्पन्न गरेको छ भने नर्सरी बाटिका, वृक्षारोपण तथा रक्तदान कार्यक्रम लगाएत सामाजिक कार्य समेत संघले गर्दै आइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?