National life

तरकारीको बजार प्रणालीका समस्या समाधान गर्ने सरकारले काम अघि बढाएको छ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
828Shares
तरकारीको बजार प्रणालीका समस्या समाधान गर्ने सरकारले काम अघि बढाएको छ : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तरकारीको बजार प्रणालीमा देखिएका समस्या समाधान गर्ने काममा सरकार लागेको बताएका छन् । उनले तरकारीको बजार प्रणालीमा देखिएका समस्या समाधान गर्न विकेन्द्रित प्रणाली अपनाई प्रदेश सरकार र स्थानीय सरकारलाई समेत जिम्मेवार बनाउने गरी काम अघि बढाएको बताए ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले बजारको माग अनुसार नासवान कृषि सामग्रीको बिक्रीका लागि बजार सूचना प्रणाली स्थापना गरी कृषकहरूलाई सुसूचित गर्ने कार्यक्रम बनाइएको बताए । बढी उत्पादन भएको कृषि उपज कोल्ड स्टोरमा राख्ने गरी विकासको काम अघि बढिरहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री प्रचण्डले सरकारले केही कृषि उपजको समर्थन मूल्य तोकिसकेको बताए । अन्य उपजको पनि न्यूनतम समर्थन मूल्य तोक्दै जाने सरकारको नीति रहेको उनले बताए ।

दूध उत्पादक किसानले पाउने मूल्य तोकिएको बताउँदै उखु उत्पादक किसानलाई रु ७० प्रतिक्विन्टलको हिसाबले अनुदान दिने व्यवस्था मिलाइएको बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
828SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?