National life

धान उत्पादनमा ४.४ % ले बृद्धि हुने अनुमान, उद्योग सञ्चालनमा सुधार देखिने विश्वास

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
997Shares
धान उत्पादनमा ४.४ % ले बृद्धि हुने अनुमान, उद्योग सञ्चालनमा सुधार देखिने विश्वास
ncell

काठमाडौँ । यस वर्षको तुलनामा  यस वर्ष धानको उत्पादनमा बढोत्तरी आउने सरकारको अनुमान रहेको छ ।

चालू आर्थिक वर्षमा धानको उत्पादन ४.४ प्रतिशत बढ्ने अनुमान रहेको  कृषि तथा पशुपक्षी विकास मन्त्रालयको भनाई छ। गत वर्ष धानको उत्पादन ४.३ प्रतिशतले बढेको थियो।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

माघ २७ गते राष्ट्रिय सभामा प्रस्तुत भएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक अवधिमा उद्योगको औसत क्षमता उपयोग ४८.३३ प्रतिशत रहेको थियो । बैंकिङ क्षेत्रको तरलतामा देखिएको सुधार, घट्दो ब्याजदर, अन्तर्राष्ट्रिय बजारमा तेल तथा अन्य कच्चा पदार्थको मूल्यमा कायम रहेको स्थिरता लगायतका कारण उद्योग सञ्चालनमा सुधार आउने अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीतिलाई ५.५ प्रतिशतको सीमाभित्र राख्न सहयोग पुग्ने गरी मौद्रिक व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा समीक्षा अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित औसत मुद्रास्फीति ४.९७ प्रतिशत कायम रहेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु २ खर्ब ६५ अर्ब ५६ करोड अर्थात् ५.२ प्रतिशतले बढेर रु ५३ खर्ब ३९ अर्ब ५२ करोड पुगेको छ । त्यस्तै उक्त अवधिमा वृहत् मुद्रा प्रदाय ३.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिमा उक्त मुद्रा प्रदाय ६.५ प्रतिशतले बढेको थियो।

साथै, समीक्षा अवधिमा कूल आन्तरिक कर्जा १.२ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु २ खर्ब ३९ अर्ब ६ करोड अर्थात् ३.७ प्रतिशतले बढेर रु ६६ खर्व ९१ अर्ब ४४ करोड पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
997SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?