काठमाडौँ। भूमि सम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले विधेयक बहुमतले पारित गरेको हो।
उक्त विधेयकको छलफलबाट माओवादी केन्द्र भने बाहिरिएको छ। माओवादी र रास्वपाले विधेयकमाथि फरक मत लेख्ने भएका छन् ।
फरक मत लेखेर भोलि शुक्रवार दिए पनि हुने संसदीय समितिका सचिव शिवदत्त बरालको भनाई छ। फरक मतसहित शुक्रवार पनि समितिको निर्णयमा हस्ताक्षर गर्न सक्ने बरालको भनाइ छ ।


































