National life
cg eloctronics

"माछा–मासु, तरकारी र फलफूलको दैनिक खुद्रा दर सार्वजनिक", उपभोक्ताले कति तिर्नुपर्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८२, बिहिबार
2.2kShares
"माछा–मासु, तरकारी र फलफूलको दैनिक खुद्रा दर सार्वजनिक", उपभोक्ताले कति तिर्नुपर्छ ?
muktinatha bikash bank

काठमाडौं । उपत्यकाका तरकारी तथा फलफूल बजारमा आजको खुद्रा मूल्य सार्वजनिक भएको छ । विभिन्न तरकारी, फलफूल, माछामासु र मसला वस्तुहरूको न्यूनतम, अधिकतम र औसत मूल्य निर्धारण गरिएको छ।

तरकारीतर्फ गोलभेडा ठूलो (भारतीय) प्रतिकिलो ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ भने गोलभेडा सानो (लोकल) ३९ देखि ४९ रुपैयाँ पर्छ। आलु रातो ५० देखि ५२ रुपैयाँमा पाइने भएको छ भने आलु मुडे ४३ देखि ४६ रुपैयाँमा बिक्री भइरहेको छ। प्याज (भारतीय) ४० देखि ४४ रुपैयाँमा उपलब्ध छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

हरियो तरकारीमध्ये गाजर (लोकल) प्रतिकिलो ११० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ भने काउली ६० देखि ७५ रुपैयाँमा बिक्री भइरहेको छ। भन्टा लाम्चो १५ देखि २५ रुपैयाँमा पाइन्छ भने डल्लो भन्टा ३० देखि ४० रुपैयाँमा पुगेको छ। बोडी १२० देखि १५० रुपैयाँ र मटरकोशा १९० देखि २१० रुपैयाँमा कारोबार भइरहेको छ।

everest bank

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २०० देखि २५० रुपैयाँ, फूजी स्याउ २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ। केरा दर्जनको १३० देखि १४० रुपैयाँ छ भने अनार ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ। तरबुजा प्रतिकिलो ५५ देखि ६५ रुपैयाँ, जुनार २३० देखि २६० रुपैयाँ र नासपाती (चाइनिज) २२० देखि २५० रुपैयाँमा बिक्री भइरहेको छ।

मसला तथा अन्य वस्तुतर्फ अदुवा प्रतिकिलो १०० देखि १३० रुपैयाँमा कारोबार भइरहेको छ। खुर्सानी हरियो सामान्य किसिमको ४० देखि ५० रुपैयाँ पर्छ भने अकबरे खुर्सानी १०० देखि २०० रुपैयाँसम्म पुग्ने देखिएको छ। लसुन नेपाली प्रतिकिलो १४० देखि १६० रुपैयाँमा पाइन्छ भने चाइनिज लसुन २०० देखि २२० रुपैयाँमा बिक्री भइरहेको छ।

माछा मासुतर्फ ताजा माछा (रहु) ३२० देखि ३५० रुपैयाँ, बचुवा २६० देखि २८० रुपैयाँ र छडी २२० देखि २४० रुपैयाँमा कारोबार भइरहेको छ। सुकेको माछा भने प्रतिकिलो ८०० देखि १,००० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?