National life
cg eloctronics

"मोही प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेकोमा नेपाल डेरी एसोसिएसन सम्मानित "

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
668Shares
"मोही प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेलेकोमा नेपाल डेरी एसोसिएसन सम्मानित "
ncell

हेटौंडामा सम्पन्न विश्व दुध दिवसको मुल समारोहमा नेपाल डेरी एसोसिएसनलाई मन्त्री रामनाथ अधिकारीले सम्मान गरेका छन् । अध्यक्ष प्रल्हाद दाहाल लगायतका  पदाधिकारी तथा सदस्यहरूले सम्मान ग्रहण गरेको छन् ।

एसोसिएसनको पहलमा करिब दुई वर्षयता मोही प्रवर्धनका कार्यक्रम सञ्चालन भइरहेका छन् । एसोसिएसनले हरेक शनिवार काठमाडौँस्थित दरबारमार्गमा रैथाने मेलामा मोही मथेर निःशुल्क सेवन गराउँदै आइरहेको छ ।

एसोसिएसनले चलाएको अभियानका कारण ३ दर्जन जति डेरी उद्योगले प्याकेजिङ गरेर मोही ब्राण्डिङ नै शुरु गरिसकेका छन् भने सार्वजनिक सभा समारोहमा पनि मोहीको प्रचलन अत्यधिक बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“दुग्ध पदार्थको खपत बढाउन मोही अभियान चलाएका हौँ, यसबाट निकै नै राम्रो प्रभाव त परेको छ नै आज एसोसिएसन  विश्व दुध दिवसको अवसरमा यसै कारणले सम्मानित हुँदा निकै खुसी लागेको छ,” एसोसिएसनका अध्यक्ष दाहालले भने, “अभियानमा साथ दिने सबैमा धन्यवाद, हामी अभियान जारी नै राख्नेछौँ ।”

एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टीका प्रसाद घिमिरेले पनि खुशी व्यक्त गर्दै मेहनतको फल मिलेको बताउँदै राम्रो काम गर्दा शुरु सुरुमा कठिन भए पनि बिस्तार सबैले त्यसमा साथ दिने रहेछन् भन्ने कुरा यो सम्मानले पुष्टि गरेको कुरा बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
668SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?