National life

राष्ट्रिय ग्रीडमा जोडियो रानी जमरा कुलरियाको ४.७१ मेगावाट विद्युत्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ माघ २०८०, बिहिबार
578Shares
राष्ट्रिय ग्रीडमा जोडियो रानी जमरा कुलरियाको ४.७१ मेगावाट विद्युत्
ncell

काठमाडौं । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट उत्पादित ४.७१ मेगावाट विद्युत् विद्युत रास्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । गत पुस पहिलो साताबाट परियोजनाले परिक्षण उत्पादन गरेर आन्तरीक रुपमा खपत गर्दै आएको थियो । मंगलबारदेखि भने राष्ट्रिय प्रसारण प्रणालीमै जोडिएको हो ।

Royal Enfield
nic asia capital

कैलालीको लम्की स्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा उक्त बिजुली जोडिएको छ । बाईप्रडक्टको रुपमा विद्युत् उत्पादन गर्ने यो दोस्रो जलविद्युत् आयोजना हो । यसअघि १९९६ मा सुनसरी मोरङ सिँचाई आयोजनाले पनि विद्युत् उत्पादन गरेको थियो । कैलालीमा निर्माणधिन यो आयोजनाले जानकी गाउँपालिकाको कटासेमा विद्युत् गृह बनाएको छ । चिसापानी स्थित कर्णालीनदीबाट सिँचाईको लागि बनाइएको नहरको पानी प्रयोग गरेर त्यहाँबाट विद्युत् उत्पादन गरिएको छ ।

विद्युत् उत्पादन गर्न कर्णाली ८० क्यूमेक पानी लगिएको छ । विद्युत् आयोजनादेखि लम्की सव स्टेशनसम्म ६ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिएको छ । उत्पादन सुरु भए पनि विद्युत आयोजना सञ्चालन र विद्युत्बाट हुने आम्दानीको बाँडफाट कसरी गर्ने भन्ने टुंगो लागेको छैन । विद्युत् उपलब्ध गराए बापत आयोजनाले प्राधिकरणबाट कुनै पैसा पाउने छैनन् । किनकी, आयोजना र प्राधिकरणबीच पीपीए भएको छैन । यद्यपि, प्राप्त बिजुली बराबर प्राधिकरणले सरकारलाई राजश्व भने बुझाउनुपर्छ । वा, पछि सरकारले गर्ने निर्णयअनुसार यसबारे टुंगो लगाइनेछ । अहिले यस अन्तरगत के कति विद्युत् खपत भयो भने प्राधिकरण र आयोजनाले तथ्यांक भने सुरक्षित राख्नेछन् ।

परियोजनामा रहेको विद्युत प्लान्ट, ५.८ किलोमिटर सिँचाइ नहर र अन्य संरचना बनाउन एसइडब्लू–तुण्डी कन्स्ट्रक्सन जेभीसँग २०७१ असारमा १ अर्ब ७३ करोडमा ठेक्का सम्झौता गरिएको थियो । त्यसमा विद्युत् आयोजनाको मात्र लागत ५५ करोड रुपैयाँ छ । विद्युत् जोडिएसँग हिउँदको माग धान्न केही हदसम्म सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । हिउँदका कारण आन्तरीक उत्पादन घटेपछि अहिले भारतबाट विद्युत् आयात गरिएको छ । यसले आयात घटाउन सहयोग पुग्ने प्राधिकरणको विश्वास छ ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?