National life

‘यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुँदैन’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
1.3kShares
‘यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुँदैन’
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रासायनिक विगतको जस्तो मल अभाव हुने अवस्था नरहेकाे बताएका छन् । प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने बताएका हुन् ।

बिहिबार संसदमा भएको प्रश्नोत्तर कार्यक्रममा सांसदले साेधेकाे प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताए । उनले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव हुने अवस्था यस पटक रहेको छैन । शुरुमा रासायनिक मलका लागि रु १५ अर्ब विनियोजन भएपनि थप रु २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।’

त्यस्तै यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार मेट्रिक टन डिएपी मल ल्याइने पनि उनले जानकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?