National life

सर्लाहीबाट ल्याइएको तने बोडीमा भेटियो अत्यधिक विषादी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
673Shares
सर्लाहीबाट ल्याइएको तने बोडीमा भेटियो अत्यधिक विषादी
ncell

काठमाडौँ । सर्लाहीबाट बिक्रीका लागि कालीमाटी ल्याइएको तने बोडीमा ९५ प्रतिशतभन्दा बढी विषादी भेटिएको छ । उक्त बोडीमा ९५.२७२ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले शुक्रबार १८ वटा स्टलका १८ वटा तरकारी तथा फलफूलको विषादी जाँच गरेको थियो ।

Royal Enfield
nic asia capital
त्यसमध्ये तने बोडीमा उक्त प्रतिशतमा विषादी फेला परेको हो ।

बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?