National life

हालसम्म मुलुकभर २७ प्रतिशत रोपाइँ सकियाे 

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ असार २०८०, शुक्रबार
784Shares
हालसम्म मुलुकभर २७ प्रतिशत रोपाइँ सकियाे 
ncell
काठमाडाैं । हालसम्म मुलुकभर करिब २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियाे ।
गतवर्षकाे तुलनामा यसवर्ष करिब १३ प्रतिशत कम रोपाइँ भएको कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्कअनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको उनले बताए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी भएको हो ।
आगामी साउन १५ सम्म सामान्य हिसाबले रोपाइँ हुने भएकाले विगत वर्षमा जस्तै शतप्रतिशत रोपाइँ हुने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।
यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?