National life

भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ सकियाे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ भदौ २०८०, मङ्गलबार
595Shares
भदौ पहिलो सातासम्म देशभर ९२ प्रतिशत रोपाइँ सकियाे
ncell

काठमाडाैं । भदौ १ गतेसम्म देशभर ९२ प्रतिशत रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ९२ प्रतिशत रोपाइँ सकिएको हाे ।

मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार अहिलेसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । हालसम्म कोशी प्रदेशमा ९७ प्रतिशत, मधेश प्रदेशमा ८२ प्रतिशत, वाग्मती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९४ प्रतिशत, लुम्बिनी प्रदेशमा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ९९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा पनि ९९ प्रतिशत नै रोपाइँ सकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत वर्ष यही समयमा देशभर ९५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । यस वर्ष ढिला वर्षा भएकाले कम प्रतिशत रोपाइँ भएको हो । धेरै धान उत्पादन हुने मधेश प्रदेशमा सबैभन्दा कम प्रतिशत रोपाइँ भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
595SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?