National life

हालसम्म पोखरामा ६० प्रतिशत रोपाइँ सकियाे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
1.3kShares
हालसम्म पोखरामा ६० प्रतिशत रोपाइँ सकियाे
ncell

कास्की । हालसम्म पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका केही स्थानमा रोपाइँ हुन नसकेको हाे ।

महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन सकेको छैन ।

पोखराको फेवातालको सिरान पामे, अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका खराने, सिसुवा, पटनेरी, गगनगौँडा, बेलबुटे, मालमूल, सुरौदीलगायतका स्थानमा रोपाइँ सकिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पर्याप्त पानी नपरेका कारण राम्रोसँग मूल नफुट्दा तारकाङ, कालिका, माझठाना, आँगेटारी, खुर्वादी, अम्टारी, हिलेपोखरीलगायत स्थानका टारी खेतमा अझै अपेक्षित रोपाइँ हुन नसकेको कृषक बताउँछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?