काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले सरकारले अटोमोवाईल्सलाई जहिले पनि सकारात्मक दृष्टिले नहेरेको बताएका छन् ।
नाडाको ४८औं साधारण सभामा बोल्दै उनले सरकारले ईभि सम्बन्धि नीति ल्याउनुपर्नेमा पनि जोड दिएका छन् ।
दुई पांग्रे सवारीमा विधुतिकरण नगरेको, बिधुत प्राधिकरणले चार्ज गर्ने ठाउँ बृद्धि गर्न सहयोग नगरेकोले ईभि गाडिको भविष्यमा प्रश्न उठेको समेत बताएका छन् ।
अझै पनि सरकारले अटोमोवाईल्सलाई प्रोत्साहन नगर्ने हो भने अटो क्षेत्र विलय हुने चौधरीको भनाई रहेको छ ।
यस्तै अध्यक्ष चौधरीले बीमा क्षेत्रमा अटोमोवाईल्सको ५० प्रतिशत योगदान रहेको बताएका छन् । उनले बीमा क्षेत्रसँगै समग्र अर्थतन्त्रमा २१ प्रतिशत योगदान रहेको बताएका हुन् ।
https://www.youtube.com/watch?v=O5Bl8Mik7ns
तर यति हुदा पनि अटोमोवाईल्सकै ब्यक्ति विदेश पलायन हुनुपरेको अवस्था आएको उनको भनाई छ ।


































