National life

उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई नाडाले दियो २६ सुझाव

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ चैत २०८०, बिहिबार
972Shares
उपप्रधान,भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई नाडाले दियो २६ सुझाव
ncell

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसंग भेटगरी विभिन्न माग तथा सुझाव पेश गरेको छ । उक्त भेटघाटमा अध्यक्ष चौधरीले सो मन्त्रालयसंग सम्बन्धित नाडाको २६ बुंदे सुझावहरु पेश गर्दे त्यसको सम्बोधनका लागि आग्रह गरेका हुन् ।

यस्ता छन् सुझावहरु

१.सडक मर्मत सम्भार दस्तुर २.सवारी साधन कर ३.सवारी साधनहरु सडकमा गुडे पछि मात्र सवारी कर लाग्ने व्यवस्था ४.अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया ५.इम्बोष्ड नंम्बर सवारी साधनहरुमा अनिवार्य लागु गर्ने ६.दुइपांग्रे सबारी साधनहरुलाई अत्यावश्यकिय सवारी साधनको रुपमा लिनु पर्ने ७.सवारी साधन कर तिर्ने व्यवस्था सहज हुनु पर्ने ८.नामसारी ९.करहरुको भुतmानी अनलाइन मार्फत गर्ने प्रणाली हुनु पर्ने १०.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जरीवानाको दायरा ११.सरुवा सहमती १२.सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना १३.सेवाग्राहीलाई सुविधा १४.रसिदमा एकरुपता हुनु पर्ने १५.मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने १६.लाईसेन्स वितरण सहज हुनुपर्ने १७.दुई पाँगे्र सवारी साधनहरुको बर्गिकरण १८.सहजीकरणको भूमिका निर्वाह १९.उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रीया २०. पाकिङ्गस्थलको अभाव २१.विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण २२.चारजिङ्ग स्टेशनको निर्माण र विद्युतिय सवारी साधनको व्यवस्था २३. सवारी चालक तालिमको व्यवस्था २४. अटोमोवाइल वर्कशपहरुमा रोजगारीको व्यवस्था २५.अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण २६.सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु पेश गरेको छ ।

छलफलमा सहभागी भएका नाडाका सचिव विक्रम सिंहानियाले प्रिजेन्टशन मार्फत समेत ती विषयहरुमा जानकारी गराएका थिए ।

छलफलको अन्त्यमा उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सवारी साधनहरुको सि.सि.को आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताउँदै प्रदेश तहका समस्याहरु छन् भने प्रदेश सरकारमा नै सुझावहरु राख्न सकिने बताए । सोही छलफलको क्रममा उपप्रधानमन्त्री महासेठले मोटरसाइकलको बर्गिकरण सि.सि.को आधारमा गर्न सकिने भन्दै सवारी साधनहरुको लागि पारकिङ्गको सुविधा सम्बन्धित वडा कार्यालयहरुले गर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको उक्त छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

यो समाचार शेयर गर्नुहोस्
972SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?