National life

जहाज खरिद पारदर्शी निरबिवाद ढङ्गले अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ पुस २०८०, आइतबार
581Shares
जहाज खरिद पारदर्शी निरबिवाद ढङ्गले अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिएका हुन ।

प्रधानमन्त्रीले भने- 'नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यस पटक यस्तो गल्ती नहोस् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ । यस पटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।'

साथै कतिपय नीति नियम पर्यटकमैत्री नभएकाले त्यसलाई तत्काल बदल्ने प्रक्रिया अगाडि बढाउनु जरुरी रहेका दाहालको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थल प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको बताउँदै आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने उल्लेख गरे । उनले पर्यटकका लागि निषेधित क्षेत्र घोषणा गरिएकामा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल लिनुपर्ने बताए ।

छलफलमा खानेपानीमन्त्री महेन्द्र राय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किराँती, राज्यमन्त्री सुशीला श्रीपालि, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थ सचिव कृष्णहरि पुष्करलगायतले आ–आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राखेको थिए ।

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?