National life

टाटा मोटर्सको नयाँ शोरुम भक्तपुरमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
977Shares
टाटा मोटर्सको नयाँ शोरुम भक्तपुरमा
ncell

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकको विशेष सेवाका लागि भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ ।

सिप्रदी ट्रेडिङका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर ज.ब.राणा तथा टाटा मोटर्सका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेशचन्द्रले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नयाँ शोरुम उद्घाटनसँगै टाटा मोटर्सले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्सको पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकलाई बिक्रीपश्चात पनि भरपर्दो सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यस्वरुप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष राणाले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकलाई सेवा दिन पाउँदा निकै खुसी लागेको बताए। यसका साथै उक्त नयाँ शोरुमले ग्राहकलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्नेसमेत उनले जानकारी दिए ।

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटीका प्रबन्ध निर्देशक चन्द्रले पनि ग्राहकको विशेष सेवाका लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दै लगेकोे बताए। उनले ग्राहकलाई विश्वसनीय एवं भरपर्दो सेवा प्रदान गर्न नयाँ शोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङले ग्राहकलाई विश्वसनीयमात्र नभई उच्चस्तरीय सेवाप्रदान गर्नेमा आपूmहरु विश्वस्त रहेको पनि जानकारी दिए ।

उनले अब नयाँ शोरुमबाट टाटाका अत्याधुनिक विशेषताहरुसहित सुविधासम्पन्न विद्युतीय तथा आइस सेग्मेन्टका गाडीहरु सुलभ रुपमा ग्राहकसम्म पहुँच हुनेसमेत बताए ।

ग्राहकको पूर्ण सेवा र सन्तुष्टिका लागि टाटा मोटर्सले उनीहरुको चाहना एवं मागअनुरुप कार्य गर्न सदा तत्पर छ। निकट भविष्यमा पनि विभिन्न ब्रान्डसहित ग्राहकलाई विशेष अनुभूति प्रदान गरी उच्चस्तरीय सेवाका लागि टाटा मोटर्स सदा प्रतिबद्ध रहेको सिप्रदी ट्रेडिङले स्पष्ट पारेको छ ।

यो समाचार शेयर गर्नुहोस्
977SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?