काठमाण्डौ। टाटा मोटर्सले आफ्ना सबै व्यवसायिक सवारी साधनको हालको मूल्यमा २ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ ।
कम्पनीले आगामी जुलाई १ देखि लागू हुनेगरी सम्पूर्ण व्यवसायिक सवारी साधनको मूल्य बढाउने घोषणा गरेको छ । कमोडिटी प्राइसमा भएको बढोत्तरीका कारण सवारी साधनको मूल्य बढाउनु परेको कम्पनीको भनाइृ छ ।
टाटा मोटर्सले वित्त वर्ष २०२३/२४ मा हालसम्मकै उच्च आम्दानी गरेको छ ।
कम्पनीले यो वर्ष ४.३७ लाख करोड भारु आम्दानी गरेको छ । जुन कुनै एक वर्षमा कम्पनीले आर्जन गरेको अहिलेसम्मकै धेरै हो । यसअघि सन् २०२२/२३ को आर्थिक वर्षमा कम्पनीले ३.४५ लाख करोड भारु आर्जन गरेको थियो ।
भारतको अटो निर्माता कम्पनी टाटाका अनुसार मूल्यवृद्धि सबै व्यवसायिक सवारी साधनको रेञ्जमा लागू हुने र फरक–फरक मोडल तथा भेरियन्ट अनुसार मूल्यवृद्धि पनि फरक हुनेछ ।
यस्तै कम्पनीको मुनाफा पनि १ हजार प्रतिशत बढेर ३१ हजार ८०७ करोड भारु पुगेको छ ।

































