National life

नयाँ वर्षको अवसरमा यामाहा नेपालले सार्वजनिक गर्यो आफ्नो विशेष वित्तीय योजना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
1.2kShares
नयाँ वर्षको अवसरमा यामाहा नेपालले सार्वजनिक गर्यो आफ्नो विशेष वित्तीय योजना
ncell

काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना ‘Dream It, Own It’ सार्वजनिक गरेको छ।

यस योजनाले ग्राहकहरूलाई केवल ७.९९% को न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न उत्कृष्ट अवसर प्रदान गर्दछ। यो  सीमित अवधिको योजना २०७९ पुष १० (२०२४ डिसेम्बर २५) देखि लागु हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘Dream It, Own It’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरू सहित) उपलब्ध हुनेछ। ग्राहकहरूले कम्तिमा ४०% डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाहरूको फाइदा लिई सजिलैसँग यामाहालाई आफ्नो घर ल्याउन सक्नेछन्। साथै, यस योजनाले सरल कागजी प्रक्रिया र रुचि अनुसारको ई.एम.आई. योजना रोज्ने सुविधा प्रदान गर्दछ।

यस योजनासँगै, यामाहा नेपालले ‘Test Ride & Win’ अभियान पनि ल्याएको छ। यस अभियान अन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहारहरू पाउनेछन् र लक्की ड्र मार्फत् आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।

एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सीईओ श्री दीपक कुमार अग्रवालले यस योजनाको बारेमा खुसी व्यक्त गर्दै भन्नुभयो, "‘Dream It, Own It’ वित्तीय योजना मार्फत् हामीले ग्राहकहरूका लागि यामाहा मोटरसाइकल र स्कुटरहरू अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ। यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफ.आई. नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकहरूलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ।

यो पहलले यामाहाको ग्राहक सन्तुष्टिप्रतिको समर्पणलाई प्रस्ट्याउँदै ग्राहकहरूलाई यामाहाको प्रविधि र

प्रदर्शनलाई प्रत्यक्ष अनुभव गर्न प्रोत्साहित गर्दछ। यामाहा नेपाल, एमएडब्लु इन्टरप्राइजेजको सहायक कम्पनी हो, जसले नेपाली बजारमा उच्च-गुणस्तर, भरपर्दो र स्टाइलिश दुई-पांग्रे सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ। दशकौँदेखि स्थापित यामाहा विश्वभर मोटरसाइकल उद्योगमा अग्रस्थानमा रहेको छ। प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले प्राविधिक उत्कृष्टता, नवीनता र ग्राहक सन्तुष्टिप्रति अटल प्रतिबद्धता बोकेको यामाहा नेपालले पहिलो पटक एफ.आई. मोटरसाइकल र स्कुटर नेपालमा प्रस्तुत गरेको हो ।

हाल यामाहा १०० भन्दा बढी एफ.आई. स्टेसनहरू भएको एक मात्र कम्पनी हो। यामाहा नेपाल देशको दोस्रो ठूलो

अटोमोबाइल कम्पनी हो जसको १०० भन्दा बढी आधिकारिक डिलर आउटलेटहरू रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?