National life

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ चैत २०८०, सोमबार
644Shares
नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिँदै
ncell

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरु प्रदान गर्ने भएको छ ।

बजाजको ‘नव आरम्भ’ योजना अन्तर्गत ग्राहकहरुले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउँनेछन् भने भाग्यशाली विजेताहरुले रु। १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसका साथै ग्राहकहरुले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३०५ डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुनेछ ।

योजनाको बारेमा चर्चा गर्दै कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘नयाँ वर्षको अवसर पारेर ग्राहकहरुका लागि यो योजना सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं । ग्राहकवर्गको आवश्यकतालाई बुझेर हामीले यस योजनामा स्योर सट क्यास डिस्काउन्ट, कम किस्तामा इएमआई र डाउन पेमेन्टजस्ता अफरहरु लिएर आएका छौँ । हामीलाई निरन्तर अपार माया प्रदान गर्नुहुने ग्राहकहरुलाई हामी बजाजको तर्फबाट नयाँ वर्ष २०८१ को शुभकामना व्यक्त गर्न चाहन्छौँ ।’

बजाज नेपालको सबैभन्दा विश्वसनीय मोटरसाइकल ब्रान्ड हुनुको साथै नेपालमा सबैभन्दा ठूलो सर्भिस नेटवर्क पनि यसकै छ । उत्कृष्ट रिसेल भ्यालु, उत्कृष्ट उत्पादनहरू, स्पेयर पार्टसहरुको सहज उपलब्धता र उपभोक्ता–मैत्री नितीहरुले गर्दा बजाजका मोटरसाइकलहरु बजारमा सर्वाधिक लोकप्रिय छन् । नवीनता, गुणस्तर र सुपथ मुल्यजस्ता कारणहरुले विगत २५ वर्षदेखि बजाजले नेपालको अटोमोटीभ उद्योगमा लिड गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
644SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?