काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन् । नाडाको ४७ औं साधारणसभा आगामी पुस २० र २१ गते हुँदैछ । त्यसअघि नै सहमतिमा अध्यक्ष चुनिएको हो ।
त्यसैगरी जिओ फोर्डका कार्यकारी निर्देशक आकाश गोल्छा बरिष्ठ उपाध्यक्ष बन्ने छन् ।
उनि अर्को कार्यकालमा स्वत अध्यक्ष बन्नेगरी सहमति जुटेको नाडाका अध्यक्ष ध्रुब थापाले जानकारी दिए ।
यस्तो सहमतिपछि अब आगामी पुस २० र २१ गते हुने नाडाको ४७ औं वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ ।


































