काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिकहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्धेश्यले शीप तथा क्षमता विकास इकाई गठन गरेको छ । उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा नाडाले आइतबार ६ सदस्यीय इकाई गठन गरेको हो । विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही २०८० जेष्ठ २४ र २५ गते टेकुु स्थित नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी समेत सम्पन्न गरेको छ । शुरुवाती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतिय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठिमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएको नाडा सचिवालयले जनाएको छ । विद्युतिय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो । उक्त गोष्ठीमा महासंघ अन्तर्गत रहेको इ.एल.एम.यस का टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको थियो । उक्त वर्कशप गोष्ठिको लागि नाडाका उपाध्यक्ष, विद्युतिय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका छन् । यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतिय सवारी साधनहरुको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको जनाएको छ । यसै अवसरमा नाडाले अटोमोबाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको शीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै संझौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको जानकारी दिएको छ ।
नाडाद्धारा शीप तथा क्षमता विकास इकाई गठन, स्वीसको इनसियोरसँग सहकार्य गर्ने

यो समाचार शेयर गर्नुहोस्
2.2kSHARES
प्रतिक्रिया
सम्बन्धित लेख

अटोमोबाइलमा एमआरपी स्टिकरबारे सरकार–नाडा छलफल, कार्यान्वयनमा व्यावहारिक चुनौती

निजी क्षेत्रको मनोबल र लगानीको वातावरण सम्बन्धमा नाडाको धारणा

बागमती प्रदेशका मुख्यमन्त्री र नाडाका अध्यक्षबिच भेटवार्ता, ट्रायल सेन्टरमा संयुक्त पहल

यस्तो छ नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति

नीतिगत अस्पष्टताले अटोमोबाइल क्षेत्र दबाबमा, सरकारसँग सहुलियतको अपेक्षा (भिडियो सहित)

नाडाका नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न
विशेष समाचार

भारतसँगका समझदारी कार्यान्वयनमा आशंका, बालेन सरकारलाई अर्थविद्को सुझाव

सुनको मूल्य २ लाखसम्म आउन सक्ने, यस्तो छ पूर्वअध्यक्ष शाक्यको विश्लेषण
सुनको मूल्य किन घटिरहेको छ? अझै कति तल झर्ला? बजार विश्लेषण
नेपालमै बन्छन् विश्वस्तरीय सफ्टवेयर, तर नेपाली बजारमै छैन पर्याप्त प्रयोग!

सुनको मूल्यमा किन आइरहेको छ लगातार पहिरो? अझै कति घट्ला?
























