National life

नाडामा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
552Shares
नाडामा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध चयन
ncell

काठमाडौं। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्षमा चौधरी ग्रुपका करण चौधरी चयन भएका छन्। आज भएको मनोनयनमा अध्यक्षसहित सम्पुर्ण कार्यसमिती सदस्य निर्विरोध चयन भएका हुन्।

कार्यसमिति सदस्यमा राजनबाबु श्रेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्रकुमार मिश्र, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकास गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ र प्रकाश कपुरी निर्वाचित भएका छन्।

त्यसैगरी संस्थागत सदस्यमा सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एसोसिएसन), तेजनारायण साह (जानकी अटोमोबाइल एसोसिएसन), कुलबहादुर क्षेत्री (चितवन अटोमोबाइल एसोसिएसन) र कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एसोसिएसन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटोमोबाइल एसोसिएसन), पुष्करराज ओझा (सुदूरपश्चिम अटोमोबाइल डिलर्स एसोसिएसन) कार्यसमिति सदस्य निर्वाचित भएको नाडाले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यी कार्यसमिति सदस्यबाट अब पदाधिकारी चयन हुनेछ। नाडाको ४७औं वार्षिक साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदैछ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?