National life

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
1.5kShares
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा छलफल
ncell

काठमाडौँ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा एक प्रतिनिधी मण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसंग भेटवार्ता गरेको छ। भेटमा नेपालको अटोमोवाइल क्षेत्रको बर्तमान अवस्थाका विषयमा छलफल भएको छ ।

अटोमोवाइल प्रतिनिधिहरुसंगको सो भेटघाट तथा छलफलमा अध्यक्ष उप्रेतीले सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन बर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजस्वमा पनि बृद्धि हुने र रोजगारी पनि बढ्ने बताउनुभयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सो छलफलको क्रममा मन्त्री वाग्लेले सरकार राजस्व संकलनमा कसरी बृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको, राजस्वमा बृद्धि हुनेगरी करको दर घटाउन चाहेको, राजस्वको दायरा विस्तार गर्न लागेको भन्दै नीजिक्षेत्र मैत्री नीति ल्याइने आश्वासन दिनुभयो ।

यसैक्रममा मन्त्री वाग्लेले सरकारले अनियमितता हटाउन आवश्यक पहल गर्ने, सडक निर्माणका लागि ठूलो लगानी गर्ने र आउदो बजेटका सन्दर्भमा नाडासंग पुनः छलफल गर्ने बताउनुभयो । सोहि छलफलको क्रममा अध्यक्ष उपे्रतीले नेपालको अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनुपर्ने आवश्यकता रहेको भन्दै बर्तमान अवस्थामा सि.के.डीलाई सजिलो भए पनि उद्योगहरुलाई भने कठीनाई भईरहेको बताउनुभयो ।

आफनो धारणा राख्ने क्रममा अध्यक्ष उपे्रतीले टायरट्यूब व्याट्री, लुविकेण्टस र हेलमेट जस्ता विभिन्न अटोमोवाइल बस्तुहरु नेपालमै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसंग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताउनु हुदै सरकारले अटोमोवाइल बस्तुहरुको उत्पादनका लागि आवश्यक वातावरण तयार गरी दिनु पर्ने धारणा राख्नुभयो । सोही भेटघाटको क्रममा अध्यक्ष उपे्रतीले नाडाकोतर्फबाट ३६ बुँदे लिखित राय सुझावहरु समेत पेश गर्नुभयो ।

सो छलफलको क्रममा नाडाका निबर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताउनुभयो। यसैक्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतिय सवारी साधनहरुको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गर्नुभयो ।

सोहि क्रममा श्रेष्ठले भारतमा जि.यस.टि घटेकोले र चोरी निकासी बढेकोले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने धारणा राख्नुभयो । यसैक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले सरकारले नेपाली उद्योगहरुलाई प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उक्त छलफलमा नाडाका उपाध्यक्षद्धय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?