काठमाडौं । नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यबिच काठमाडौंमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भारत मोविलिटीका सन्दर्भमा नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्ययतामा आज सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा रोड्स सो अन भारत मोविलिटी ग्लोबल एक्सपो को सम्बन्धमा विस्तृत छलफल भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा इन्जिनियरिङ एक्सपर्ट प्रमोसन काउन्सिल अफ इन्डियाका तर्फबाट पल्लवी साह, सोसाइटी अफ इन्डियन अटोमोवाइल मेनुफेक्चर्स (सीयाम)का तर्फबाट देवासिस मजुमदर तथा नाडाका अध्यक्ष करण चौधरीको पनि उपस्थिति रहेको थियो ।
उक्त अन्तरक्रियामा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोवाइल क्षेत्रका विविध पक्षहरूका सम्बन्धमा चर्चा गर्दै नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धनका लागि भारतको सहयोग अपरिहार्य भएको बताए ।
यही २०२५ जनवरीको १७ देखि २२ सम्म सोसाइटी अफ इन्डियन अटोमोवाइल मेनुफेक्चस (सीयाम)े को पहलमा भारतको नयाँ दिल्लीको भारतमण्डपम, यसोभूमि द्वारिका र ग्रेटर नोइदामा भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर सो २०२५ हुन लागेको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नाडाको तर्फबाट उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, सह कोषाध्यक्ष पङ्कज अग्रवाल, केन्द्रीय कार्य समितिका सदस्यद्धय श्री कपिल शिवाकाटी, यमुना श्रेष्ठ, प्रकाश कपुरी, ऋद्धि कार्की, दीपेन्द्रकुमार मिश्र, मेघराज पौडेल, नीलमणि पाठक, अभिक ज्योति, दीपकराज गिरी, नवीनकुमार पारख र नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।


































