National life

बजाजको ‘क्यास सफारी’ अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
759Shares
बजाजको ‘क्यास सफारी’ अफर
ncell

काठमाडौँ । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले हिन्दु नेपालीहरूको महान् चाड बडा दशैँ, तिहार र छठको अवसरमा नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ ।

‘हात हातमा हात्ती, लकमा लखपति’को सन्देश सहित यसपालिको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ । बजाजको यस योजना अन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रूपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन्।

त्यसैगरी बम्परमा एक जोडीलेकेन्यामा जङ्गल सफारीको अवसर पाउनेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले भने, “हरेक वर्ष झैं यस वर्ष पनि हामीले ग्राहकमाझ चाडपर्वको अवसर पारेर आकर्षक स्किम लिएर आएका छौँ । यस्ता स्किमहरू मार्फत ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्नु बजाजको प्रतिबद्धता रहँदै आएको छ । यस वर्ष पनि बजाजले ग्राहकहरूको चाड विशेष बनाउने हामी विश्वस्त रहेका छौँ ।”

बजाजले ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरू ल्याउँदै आइरहेको छ । इजी फाइनान्स र ५० प्रतिशत डाउन पेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
759SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?