काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र भिजि इम्पेक्स प्रा.लि.(जिडब्लुएमनेपाल)बीच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारीकर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सो समझदारीअनुसार बैंकले, भिजि इम्पेक्स प्रा.लि.
उक्त समझदारीपत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि.का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरे ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याउँदै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५० शाखा, ३६९ एटिएम, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११०० भन्दा बढी सेवाकेन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आएको छ ।

































