काठमाडौं । यामाहा नेपालले काठमाडौंमा आफ्नो रिजनल सेल्स स्किल्स कन्टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । बिक्री विशेषज्ञता र उत्पादन ज्ञानमा उत्कृष्टताको उत्सव मनाउने क्रममा काठमाडौंका हिजो आयोजित प्रतिष्पर्धामा यामाहाका विभिन्न डिलरशिपहरूबाट ११ जना शीर्ष प्रदर्शन गर्ने बिक्री परामर्शदाताहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको लागि योग्य हुन सहभागीहरूले अटो बेसिक, प्रोडक्ट र सलेस प्रोसेस प्रशिक्षण र त्यसपछि यी क्षेत्रहरूमा उनीहरूको दक्षता मूल्याङ्कन गर्ने प्रतिस्पर्धात्मक परीक्षण पूरा गरेका थिए । सबैभन्दा कुशल प्रतिनिधिहरूले मात्र भाग लिने सुनिश्चितताका लागि प्रत्येक डिलरशिपबाट उच्चतम स्कोर गर्ने बिक्री सल्लाहकारले मात्र यस प्रतिष्ठित प्रतियोगितामा स्थान पाएका थिए।
शीर्ष तीन प्रदर्शन गर्ने प्रतिष्पर्धीहरूको घोषणासँगै प्रतियोगिता समापन गरिएको थियो । जसमा द व्हील्स प्रा.लि., सल्लाघारीका बिकाश रंजितकार विजेता घोषित भएका छन् । यस्तै एमएडब्लू प्रा.लि. वल्खुका कुश्मा देवकोटा प्रथम रनरअप भएका छन् भने मनकामना अटो इन्टरप्राइज, रातोपुलका सुमित महर्जन दोस्रो रनर अप घोषित भए ।
यस अवसरमा यामाहा नेपालका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बिजेता, पहिलो रनर–अपर दोस्रो रनर–अपलाई ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा काठमाडौंका यामाहा डिलरसिप र शोरुमहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।


































