काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘रियलमी जिटी ६ टी’ सार्वजनिक गरेको छ। रियलमीले आफ्नो नयाँ उत्पादन ‘रियलमी जिटी ६ टी’ बुधवार सार्वजनिक गरेको हो ।
रियलमी जिटी ६ टीको माक्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एमएएचको ब्याट्री र १२० वाट्को सुपरभोक चार्जर जस्ता विशेषताहरु रहेको कम्पनीले जानकारी दिएको छ।
रियलमी जिटी ६ टी १२ प्लस ५१२ जीबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमा उपलब्ध यसको नेपाली बजारमा मुल्य ६५ हजार ९९९ रुपैया“ रहेको कम्पनीले जानकारी दिएको छ।
कम्पनीको अनुसार यो स्मार्टफोनमा ६.७८ इन्च भएको ६ हजार निटको हाइपर डिस्प्ले र ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को मुख्य क्यामरा रहेको छ । १६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८.६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ। १९१ ग्रामको तौल रहेको रियलमी जिटी टि ६ ह्यान्डल गर्न निकै सहज रहेको कम्पनीको दाबी छ ।


































