काठमाडौं । सवारी प्रदुषणको नयाँ मापदण्ड बिएस/यूरो ६ कार्यान्वयनका लागि सरकारले व्यवसायीलाई निश्चित समय दिनपर्ने सरोकारवालाले जोड दिएका छन । बिहिबार अटो पत्रकार संघ (जाम)को आयोजनामा सवारी प्रदुषण मादण्ड यूरो ६को कार्यान्वयन र समस्याको बिषयमा भएको अन्तक्रिया कार्यममा बिज्ञ तथा व्यवसायीहरुले कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताएका हुन ।
कार्यक्रममा वातावरण विज्ञ भुषण तुलाधरले ३० प्रतिशत प्रदुषण सवारीसधानबाटै हुने भएकाले नेपालमा जतिसक्दो छिटो यूरो ६मा जानुपर्ने बताउछन । ‘अहिले नेपालमा आउने नयाँ प्यासेन्जर गाडीहरु यूरो सिक्समै आधारीत भएर आइरहेका छन तर, समस्या भने पुराना सवारीको व्यवस्थापन अहिलेको आवश्यक्ता हो’ तुलाधरले भने ‘विश्वमा यूरो सिक्स विश्वमा २०१४ देखिनै सुरु भएको हो ।
नाडा अटोमोबाइल एसोसियसन नेपाल (नाडा)का करण चौधरीले आईसीई गाडी छोडेर पछिल्लो समय विद्युतीय गाडी किन्नुपर्छ भन्ने भास्य बनाइएको छ । तर, आईसिई इन्जिन भएका गाडी नबिकेर यो अवस्था आएको हो । नाडा युरो सिक्स बिरोधि नभएको बताएका छन । ‘हामीले एउटा प्लानिङमा काम गरिरहेका हुन्छौं । सरकारले यूरो सिक्स लागू गर्ने निर्णय गरेको छ ।
अटोमेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर न्यौपानेले अटोमेकानिक्सहरु राज्यको प्राथामिकतामा नपरेको बताए । ‘यूरो सिक्स होस् अथवा अन्य बिषयमा होस् सरकारले हामीसँग सल्लाहा गर्नुपर्छ’, हामीनै तयार नभइ सरकारले किन यूरो सिक्स लागू गर्न खोजेको भन्दै प्रश्न गरे’ । ‘अबौंको लगानी सवारीसाधन व्यवसायमा छ तर, नयाँ सवारी प्रदुषण मापदण्डका लागि केहि बर्ष समय दिनुपर्छ’ उनले भने ।
वन तथा वातावरण मन्त्रालयका सिडि शिवराज शर्माले नाडा लगाएत सवारी बिक्रेता कम्पनीलाई यूरो सिक्सको बिषयमा ‘एलसी खुलिसकेको र आयातका लागि प्रक्रिया अगाडी बढीसकेका गाडीहरुको लागि केहि समय दिने मन्त्रालयको तयारी हो’ उनले भने ‘कति समय दिने भन्ने बिषय टुङ्गो नलागिसकेको र समय दिने बिषयमा मन्त्रीज्युपनि यो व्यवसायीलाई समय दिने बिषयमा सकारात्मक हुनुहुन्छ’ ।
उनले मन्त्रालय दुुई बर्ष अघि नै यूरो सिक्समा जाने बिषयमा तयार थियो तर, सरकारलाई बुझाउन समय लागेको उनले बताए ।
‘अटोमेकानिक्सलाई तालिम दिनुपर्छ र यूरो सिक्स परिक्षण गर्ने उपकरणलाई भन्सार छुट दिनुपर्ने बिषयमापनि छलफल भएको छ र यो बिषयमा अर्थमन्त्रीपनि सकारात्मक भएको हामीले पाएका छौं¬’ उनले भने ।
वातावरण विभागका दिपक ज्ञवाली यूरो सिक्सलाई लागू गराउन व्यवस्थापकीय भुमिकामा सबै व्यवसायी, सरकारले प्लान गरेर अगाडी बढ्नुपर्ने बताए । ‘पछिल्लो केहि समयदेखि ट्राफिक प्रहरी, वातावरण विभाग र यातायात विभागको सहकार्यमा प्रदुषण मापदण्ड चेकचाज भइरहेको छ’ उनले भने ‘सवारी मेकानिक्स व्यावसायीहरुसँगपनि सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यक्ता छ’ ।
अहिले चलिरहेको पुराना गाडीहरुलाईपनि फेजआउट गर्नपनि एउटा प्लान बनाए जानुपर्ने उनको भनाई छ ।
२० बर्षे पुराना गाडी प्रतिस्थापन गर्ने बिषयमापनि सरकारले नीति पुनरावलोकन गर्नुपर्ने देखिएको उनले बताए । ‘पुराना गाडीहरुको बिषयमा एक समिति बनाएरै जानुपर्ने अवस्था देखिएको छ’ उनले थपे ‘सवारी प्रदुषण चेकजाचलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारलेपनि सहयोग गर्नुपर्छ’ ।
गोल्छा समुहका निर्देशक अभिमन्यु गोल्छाले एलसी खोलेको र आयातको प्रक्रियामा रहेकालाई समय दिनुपर्ने बताए । ‘हामीले लामो समयदेखि बिएस सिक्सयको बिषयमा छलफल गर्दै आएका छौं । अब बिएससिक्समा जान ढिलो गर्नुहुँदैन । अझै समय दिएर बिएससिक्समा जान जुरुरी छैन । तत्काल जानुपर्छ’ ।
लक्ष्मी समुहका निर्देशक निराकार श्रेष्ठले नेपालको सवारी प्रदुषण मापदण्डलाई अपग्रेड गर्नै पर्ने देखिएको तर, व्यवसायीको समस्यालाईपनि सरकारले हेर्नपर्ने बताए । उनले भने ‘ व्यवसायीले गाडी अर्डर गरेको हुन्छौं, आयातको प्रक्रियामा समेत छन । त्यसकारणपनि सरकारले यूरो सिक्सको लागि मुनासिव समय दिनैपर्छ’ ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी संघका अध्यक्ष विजय स्वाँरले कुन स्ट्यान्डरमा गाडी ल्याउने भन्ने बिषयमा व्यवसायीको हात नहुने बताए । ‘यूरो सिक्स लागू गर्ने कुरामा कुनै दुईमत रहेन तर, सार्वजनिक यातायात २० बर्षे समयअवधि व्यवहारीक छैन’ स्ँवारले भने ‘ अब हामी इभिमा जाने हो कि हाइड्रोजनमा जाने सरकार यो बिषयमा क्लियर हुन जारुरी छ’ ।
त्यस्तै कार्यक्रममा यूरो सिक्सको बिषयमा सिप्रदि टे«डिङका प्रमुख कार्यकारी अधिकृतिले कर्मशियल गाडीहरुमा सबैभन्दा धरै बिएस थ्रि र बिएस सिक्सका धेरै गाडी गुडिरहेको बताए ।
‘यूरोसिक्सको बिषयमा आवश्यक इकोसिस्टममा सिप्रदीले टेक्नीसियन, तालिम तथा उपकरणको बिषयमापनि गृहकार्य गरिरहेको छ’ राजनबाबु श्रेष्ठले भने ‘लोकल टेक्निसियन तर्फपनि सिप्रदिले सवारीप्रदुषणको नयाँँ मापदण्डको बिषयमा तयारी गर्दै आएका छौं’ । नाडाबाटपनि बिएस ६को तालिम दिर्दै आएका उनको भनाई छ ।
अटो पत्रकार संघका अध्यक्ष सागर गजुरेलले २० बर्ष पुराना सर्वजनिक सवारीलाई हटाउने नीति कार्यान्वयन हुनुपर्ने बताए । ‘नेपालमा भएको प्रदुषणलाई हटाउन युरो सिक्स लागू गर्नुपर्छ’


































