National life

सवारी साधन खरिदमा हायर पर्चेज कर्जाको ऋण मूल्य अनुपात बढाउन नाइमाको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1.2kShares
सवारी साधन खरिदमा हायर पर्चेज कर्जाको ऋण मूल्य अनुपात बढाउन नाइमाको आग्रह
ncell

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले सवारी साधन खरिदमा दिइने हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ६० प्रतिशतबाट बढाएर अधिकतम ८० प्रतिशत बनाउन आग्रह गरेको छ। यस विषयमा नाइमाले नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण गराएको जनाएको छ।

नाइमाका अनुसार हाल कायम ६० प्रतिशतको सीमा अटोमोबाइल बजारमा देखिएको मन्दीको प्रमुख कारणमध्ये एक हो। सवारी खरिद गर्दा उपभोक्ताले ठूलो प्रारम्भिक रकम तिर्नुपर्ने बाध्यताले बिक्री घटेको र त्यसको असर समग्र आर्थिक गतिविधि तथा सरकारी राजस्वमा समेत परेको दाबी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अटोमोबाइल क्षेत्र भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि करमार्फत राज्यको आम्दानीमा महत्वपूर्ण योगदान दिने क्षेत्र भएकाले बिक्री बढ्दा राजस्व पनि स्वतः वृद्धि हुने नाइमाको विश्वास छ।

बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई ध्यानमा राख्दा सवारी कर्जाको ऋण–मूल्य अनुपात बढाउनु पूँजी परिचालनको प्रभावकारी उपाय हुन सक्ने संघको धारणा छ। हायर–पर्चेज कर्जा किस्ताबन्दीमा आधारित र सवारी नै धितो रहने भएकाले यो तुलनात्मक रूपमा सुरक्षित कर्जा क्षेत्र मानिएको उल्लेख गरिएको छ।

सवारी बिक्री बढ्दा सेवा केन्द्र, स्पेयर पार्ट्स, बीमा, वित्तीय सेवा, ढुवानी तथा प्राविधिक सेवाजस्ता सहायक क्षेत्रहरू पनि चलायमान हुने र प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना हुने भएकाले नीतिगत सहजीकरण आवश्यक रहेको नाइमाले जनाएको छ।

यसै आधारमा सवारी हायर–पर्चेज कर्जाको ऋण–मूल्य अनुपात ८० प्रतिशतसम्म पुर्‍याई नीतिगत पुनरावलोकन गर्न सम्बन्धित निकायलाई पुनः आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?