काठमाडौं। विद्युतीय सवारी साधन (ईभी) को क्षेत्रमा उदाउँदै गएको सेरेसले स्मार्ट प्रविधि, आराम र वातावरणीय उत्तरदायित्वलाई जोड दिँदै आफ्ना उत्पादनहरू बजारमा ल्याइरहेको छ । सेरेसले हुवेसँगको सहकार्यमा चीनमा सुरु गरेको 'आइटो' ब्रान्ड अन्तर्गत २०२३ मा एम नाइन मोडेल सार्वजनिक गरिसकेको छ जसले चीनको बजारमा केही परम्परागत लक्जरी ब्रान्डहरूभन्दा बढी बिक्री हासिल गर्न सफल भएको थियो। यसले ईभी बजारमा नयाँ विकल्पहरूको माग बढ्दै गएको संकेत दिन्छ ।
एम नाइन मा हुवेको हारमोनी अपरेटिङ सिस्टम र तीन स्क्रिनयुक्त ड्यासबोर्ड सहित विभिन्न स्मार्ट सुविधा समावेश छन् ।
एम सेभेन र एम एट मोडेलहरू पनि सवारीको प्रविधिमा क्रमशः सुधारका साथ अगाडि आएका छन् । एम सेभेन मिडसाइज एसयूभी हो जसमा स्मार्ट ककपिट, लेन सहायता, भ्वाइस कमान्ड र अटोमेटिक पार्किङ जस्ता सुविधाहरू उपलब्ध छन्। पारिवारिक प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको यस मोडेलमा प्यानोरामिक सनरूफ जस्ता थप सुविधाहरू पनि समावेश छन्।
एम एट मोडेल भने पूर्ण रूपमा विद्युतीय लक्जरी एसयुभी हो जसमा डुअल मोटर, एल-ह्वील ड्राइभ सिस्टम, फेसियल रिकग्निशन, जेस्चर कन्ट्रोल लगायतका प्रविधिहरू छन् । यसमा फास्ट चार्जिङ सुविधा पनि छ जसले चार्जिङ समय घटाउने उद्देश्य राख्दछ।
यी मोडेलहरूको विकासले विद्युतीय सवारी क्षेत्रलाई प्राविधिक रूपमा अघि बढाएको देखिन्छ। सेरेसका पछिल्ला प्रयासहरू ईभी सवारीहरूलाई थप सहज, सुरक्षित र उपयोगी बनाउने दिशामा केन्द्रित छन् । सवारी प्रविधिको विकाससँगै प्रयोगकर्ताको आवश्यकता र रोजाइलाई सम्बोधन गर्न कम्पनीहरूले समायोजन गर्दै लानुपर्ने देखिन्छ।


































